नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्वासी संगठनले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेको छ ।
चार जनाको ज्यान जाने गरी भएको बुटवल मोतीपुर घटनाको पूर्ण जिम्मेवारी लिँदै गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने संगठनले माग गरेको हो ।
यस्तै संगठन अध्यक्ष शान्ता चौधरीले मोतीपुर घटनाबारे स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् । ‘घटनाको सत्यतथ्य जाँचबुझ गर्न नेपाल मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार महासंघलगायतको स्वतन्त्र न्यायिक छानबिन समिति गठन गरी घटनामा ज्यान गुमाएकाका परिव...