काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारत खुला सीमानाबाट दुई देशका सीमावर्ती क्षेत्रका जनताहरूले लाभ लिन पाउनुपर्ने बताउनुभयो । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री समाजले बुधबार राजधानीमा आयोजना गरेको समारोहमा बोल्दै एमाले अध्यक्ष ओलीले सीमा क्षेत्रका जनताले असुविधा भोगिरहनु परेको भन्दै खुला सीमा सुविधा […]