काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने बताएका छन्।मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनी नारा लगाएर चुनाव जितेका पार्टीबाट धेरै आशा गर्न नसकिने बताए।उनले अहिलेको गठबन्धन ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नुबाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे। उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको