सुत्केरी आमाको घरमा स्वास्थ्यकर्मी

हिमाली जिल्ला म्याग्दीको उत्तरमा पर्ने अन्नपूर्ण गाउँपालिकाभित्रका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सुत्केरी आमाका घरघरमा पुग्ने गरेका छन्। गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम लिएर स्वास्थ्यकर्मीले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। यो कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको बताइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुद्र बरुवालले कार्यक्रम सञ्चालन गरेर उपहार दिन थालेपछि गर्भ र सुत्केरी परीक्षण गराउने दर विगतको तुलनामा ३२ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ

स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए। घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उहाँले बताए। जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ।

घरमा शून्य सुत्केरी गाउँपालिका बन्यो बरेङ

स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वयंसेविकाले अथक प्रयास गरेर गाउँपालिकालाई घरमा शून्य सुत्केरी पालिका बनाइएको अध्यक्ष शर्माले बताए। घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरबारे महिला जानकार बनेपछि स्वास्थ्यचौकीमा पुग्न थालेका छन् । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा लिने गरेको उहाँले बताए। जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ।

आमा समूहको अनौठो अभियान: घरमै सुत्केरी भए कालो टीका !

बलेवा (बागलुङ) । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा चालु आर्थिक वर्ष शुरूभएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ । घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । 'गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्यचौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ', बज्रबाङकी रविना विकले भनिन्, 'मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।' आमा समूहले उक्त अभियान शुरूगरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छ । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिला आफैँले कालो टीकाको नियम लगाएका हुन् । 'आफैँले बनाएको नियम आफैँले नमान्न भएन नि', बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भनिन्, 'अहिले गर्भवती खोजीखोजी स्वास्थ्य संस्था जाने गरेका छन्', यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ । ३ वर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा  १० हजार खर्च गाउँपालिकालेनै दिने गरेको छ । 'बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी शून्यमा झारेका छौँ', बोंगादोभान स्वास्थ्यचौकीका अहेव रविना बुढा मगरले भने, 'अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।' स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले बताए । रासस

ललितपुर महानगरपालिका–१ को प्राथमिकतामा स्वास्थ्य क्षेत्र

काठमाडौं । ललितपुर महानगरपालिका–१ ले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत स्वास्थ्य सेवाको विस्तार कार्यक्रम शुरू गरेको छ । वडाले बालरोग, जनरल फिजिसियन, स्त्रीरोग, मधुमेह रोग लगायतका स्वास्थ्य परीक्षण विशेषज्ञ डाक्टरबाट शुरू गरेको हो । वडाले बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराएको छ । वडाअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रमा जनस्वास्थ्य निरीक्षक, अनमी, अहेब आदि कर्मचारीले खोप, एकीकृत बालरोग व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, भिटामिन–ए, नि:शुल्क औषधि वितरण जस्ता सेवा नियमित रूपमा दिँदै आएको बताइएको छ । वडा नं १ का अध्यक्ष निर्मल तण्डुकारले स्वास्थ्यकर्मीले वडाभित्रका सबै घरमा घरदैलो गर्ने गरी नर्सिङसहितको सेवा पनि उपलब्ध गराउने तयारी थालेको बताए । यसअन्तर्गत अपांगता भएका, गर्भवती महिला र शिशुको स्वास्थ्यको अनुगमन, क्लिनिकमा हुने उपचारको फलोअप तथा घरमै गएर औषधि वितरण लगायत सेवा दिइनेछ ।  आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख मधुकरमणि आचार्यले स्वास्थ्यकर्मी परिचालन गरी आवश्यक सर्वेक्षण तथा पहिचानका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराइने बताए । स्वास्थ्य संयोजक तथा वडा सदस्य कृष्ण महर्जनले वडाले स्वास्थ्य, जीवनशैली, खानपान आदि विषयमा छलफल, अन्तरक्रिया र चेतना वृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए ।

सुत्केरीलाई घरमै पोषिलो खानेकुरा र भाले

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुत्केरी जिरादेबी बस्नेतको घरमा आईतबार बेग्लै माहोल बन्यो। आमा समुहमा आवद्ध गाउँभरीका महिला बस्नेतको घरमा भेला भएका थिए। भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेर सुत्केरी भेट्न पुगेका महिला समुहको भीडमा वडाध्यक्ष डिल्लीकुमार राई र स्वास्थ्यकर्मी सन्तोष भट्टराई पनि सहभागी थिए।

प्रयोगविहीन बर्थिङ सेन्टर

गुणस्तरीय पूर्वाधारसहित तालिम प्राप्त जनशक्ति भए पनि घरमा बच्चा जन्माउने क्रम घटेको छैन । स्थानीय तहको लगानीमा व्यवस्थित पूर्वाधार र जनशक्तिसहित बर्थिङ सेन्टर स्थापना भए पनि घरमै सुत्केरी हुने क्रम नघटेको हो । जिल्लाका अधिकांश स्थानीय तहले घरमा जन्म हुने शिशुको सङ्ख्या शून्यमा झार्न बर्थिङ सेन्टरको स्थापना गर्ने क्रम बढेको छ तर बच्चा भने बर्थिङ सेन्टरमा होइन, घरमै जन्मिने गरेका छन् । पाल्पाका १० स्थानीय तहमा हाल ४५ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी भए पनि घरमा जन्म हुने शिशुको सङ्ख्यामा कमी आउन सकेको छैन ।