सुत्केरीलाई घरमै पोषिलो खानेकुरा र भाले

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुत्केरी जिरादेबी बस्नेतको घरमा आईतबार बेग्लै माहोल बन्यो। आमा समुहमा आवद्ध गाउँभरीका महिला बस्नेतको घरमा भेला भएका थिए। भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेर सुत्केरी भेट्न पुगेका महिला समुहको भीडमा वडाध्यक्ष डिल्लीकुमार राई र स्वास्थ्यकर्मी सन्तोष भट्टराई पनि सहभागी थिए।

सम्बन्धित सामग्री

सुत्केरीलाई भाले कोसेली

गुल्मीको कालीगण्डकी गाउँपालिकाले सुत्केरीलाई भाले वितरण गरेको छ । उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले सुत्केरी अवस्थामा झोलिलो र पोसिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई भाले कोसेली दिने गरेको बताउनुभयो । गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत यस आर्थिक वर्षको हालसम्म पालिकाभित्रका ६८ जना सुत्केरीलाई भाले वितरण गरिएको दर्लामीले बताउनुभयो । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताउनुभयो । पहिलो प्राथमिकता भाले र भाले उपलब्ध नभएमा घिउ लिएर जाने गरेको उहाँको भनाइ छ । यसका साथै परिवारका सदस्यलाई पनि साथमै राखी स्वास्थ्यकर्मीले स्वास्थ्यका बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

साङ्लाले मन पराउन छाड्यो गुलियो खाना, प्रजननमा असर

पोथी साङ्लाले गुलियो खानेकुरा मन पराउन छाडेको छ । वैज्ञानिकहरूले गरेको पछिल्लो अनुसन्धान अनुसार गुलियो खानेकुरा मन पराउन छाडेसँगै पोथी साङ्लाको प्रजननतर्फको झुकाव कम भएको हो, जसले साङ्लाको संख्यामा पनि असर पर्न थालेको छ । वास्तवमा साङ्लाको प्रजननमा गुलियो खानेकुराको अहम् भूमिका रहन्छ । पोथी साङ्लोलाई आफूतर्फ आकर्षित गरी सम्भोग गर्नका लागि भाले साङ्लोले विशेष […]

स्थानीय तहद्वारा सुत्केरीलाई कुखुराको भाले र घिउ

सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन कपिलवस्तुमा कुखुराको भाले र घिउ उपहार प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ ले वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गरेको हो । स्वास्थ्य संस्थामा प्रसूति गराउने ५५ आमाहरूलाई उपहार प्रदान गरिएको छ । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले लोकल कुखुराको भाले र एक केजी घिउ उपहार स्वरूप प्रदान गरेका थिए । सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउन पर्छ भन्ने सन्देश फैलियोस् भन्ने उद्देश्यको लागि कार्यक्रमको आयोजना ग

जब हात्ती खाना खोज्दै उनको भान्छामा छिर्‍यो

बोन्चुय नामको भाले हात्ती उनको भान्छामा खानेकुरा खोजिरहेको थियो। भान्छामा सुँड घुसाएको हात्तीले भान्छामा भएका सामानहरू भुइँमा खसालिदिएको थियो।

पारिस्थितिक प्रणालीभित्र हात्ती

हात्ती जमिनमा बस्ने स्तनधारी जीवमध्ये सबैभन्दा विशाल जनावर हो । हात्तीहरूमा अफ्रिकाली हात्ती सबैभन्दा ठूलो हुन्छ । अफ्रिका र एसियामा मात्रै हात्ती पाइन्छ । एसियाली हात्ती र अफ्रिकाली हात्ती गरी यसका प्रमुख दुई प्रजाति छन् । अफ्रिकाली हात्तीको सभाना र जङ्गली गरी दुई उपप्रजाति छन् । त्यस्तै एसियाली हात्तीको श्रीलङ्काली, भारतीय र इन्डोनेसियाली गरी तीन उपप्रजाति छन् । एसियाली हात्तीको वैज्ञानिक नाम ‘इलिफस म्याक्सिमस’ हो । यो पानीको स्रोत नजिकै बस्न रुचाउँछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार एसियाली हात्ती विश्वका १४ देशमा पाइन्छ । नेपालको तराई भेगमा पाइने हात्ती एसियाली हात्ती हो । नेपालका करिब २२ जिल्लामा हात्ती पाइन्छ । विशेषगरी बर्दिया, चितवन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा हात्ती पाइन्छन् । नेपालमा करिब २५५ देखि २६५ वटा जङ्गली र १५० वटा घरपालुवा हात्ती रहेका छन् । त्यस्तै हाल विश्वमा चार लाख ५० हजारदेखि सात लाख अफ्रिकाली हात्ती र करिब चालिस हजारदेखि पचास हजार वयस्क एसियाली हात्ती रहेको अनुमान गरिएको छ । हात्ती बुद्धिमान जीव हो । हात्तीको सबैभन्दा संवेदनशील अङ्ग यसको सँुड हो । जुन करिब एक लाख पचास हजार मांसपेशी एकाइले बनेको हुन्छ । यसको सहायताले यसले विभिन्न काम गर्न सक्छ । यसले आफ्नो सँुड विभिन्न वस्तु उचाल्न, चेतावनी दिन, अभिवादन गर्न, पानी पिउन र नुहाउन प्रयोग गर्छ । एसियाली भाले हात्तीको मात्रै दाह्रा हुन्छ, पोथीको हँुदैन वा भए पनि साह्रै सानो हुन्छ तर अफ्रिकाली हात्तीको सन्दर्भमा भन्नुपर्दा भाले र पोथी दुवैको दाह्रा हुन्छ । सँुडले जस्तै हात्तीले आफ्नो दाह्राको सहायताले थुप्रै कार्य गर्छ । यसले आफ्नो दाह्रा सँुडको रक्षा गर्न, विभिन्न वस्तु सार्न, खानेकुरा जम्मा गर्न, रूखको बोक्रा निकाल्न र आफ्नो रक्षा गर्न उपयोग गर्छ । यसका साथै खडेरीको समयमा पानी प्राप्त गर्नका लागि जमिनमा प्वाल बनाउन पनि दाह्राको प्रयोग गर्छ । वयस्क भाले हात्ती एक्लै बस्छ भने पोथी समूहमा बस्छ । समूहको नाइके सबैभन्दा बूढी हात्ती हुन्छे । हात्ती १८ वर्षमा वयस्क हुन्छ । यसको आयु ६० देखि ७० वर्ष हुन्छ । यो ४० देखि ४३ कि.मी. प्रतिघण्टाको दरले दौडन सक्छ । एसियाली हात्ती औसतमा नौ फिट अग्लो हुन्छ । विश्व वन्यजन्तु कोषका अनुसार हात्ती १८ देखि २४ फिट लामो र चारदेखि छ टन तौलसम्मको हुन्छ ।

पोषिलो खानेकुरा दिन ‘सुत्केरी भेट’ | Nagarik News - Nepal Republic Media

कुनै महिलाले भाले बोकेका छन्, कुनैले सागपात । कसैको हातमा चामल छ, कसैको हातमा फलफुल र गेडागुडी । यसरी पोषिलो खानेकुरा बोकेर लामवद्ध हिँडिरहेका महिलाको दृश्या खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको हो । भीडमा स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका गोमादेबी अधिकारी लगायत छन् । भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेको टोली बिहिबार साविकको खाल्ले–५ की सुत्केरी महिला लिला कट्वाललाई भेट गर्नका लागि भेला भएका हुन् ।