काठमाडौं– रुसी फौजविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेनी सैनिक रुसको सीमासम्म पुगेका छन् । खार्किभ शहर आसपास रुसविरुद्ध प्रत्याक्रमणमा उत्रेका युक्रेन सैनिकहरू रुसको सीमासम्म पुगेको खार्किभ क्षेत्रका गभर्नर ओलेह सिनेगुबोभले बताए । रुसी फौजलाई लखेटेका युक्रेनी फौजले रुस–युक्रेन सीमाको चिन्ह पनि मिलाइदिएको गभर्नर सिनेगुबोभले बताए । ‘हामीलाई हाम्रा सैनिकप्रति गौरव छ उनीहरूले सीमाको चिनह पनि मिलाएका छन् […]