काठमाडौं : १२ औं राष्ट्रपति रनिङ सिल्डअन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेश दोहोरो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको पुरुषतर्फको समूह चरणको खेल गण्डकीले बागमती र सेमिफाइनलको अर्को खेलमा कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै उपाधिनजिक पुगेको हो।बुधबार दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम खेलमा बागमतीलाई २५–० र २५–२० को सेटमा पराजित गर्दा अर्को सेमिफाइनल खेलमा कर्णालीलाई २५–१५ र २५–१७ ले