संसद बैठक सुरु  ः विनियोजन विधेयकअन्तर्गत राजश्व र व्ययमाथि सैद्धान्तिक छलफल हुँदै

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले विनियोृजन विधेयकअन्तर्गत राजश्व र खर्चको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेपछि बजेटमाथिको छलफल सुरु भएको हो ।  छलफलमा पहिलो सहभागिका रूपमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद विष्णु पौडेलले भाग लिएका छन् ।  

सम्बन्धित सामग्री

उच्चस्तरीय समितिमा कुरा नमिल्दा संसद बैठक सुरु हुन सकेन

सुन तस्करी प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय समितिको माग गरेपछि १ बजेका लागि बोलाइएको संसद बैठक बस्न सकेको छैन ।

संसद बैठक सुरु

काठमाडौँ– संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक सुरु भएको छ।  संसद भवन नयाँ बानेश्वरमा बैठक केहिवेरअघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विद्येयक,२०७८ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अहिले बैठकमा सांसदहरुले धारणा राखिरहेका छन्।

संसद बैठक सुरु (लाइभभिडियो)

काठमाडौं, १० जेठ । संसद बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछिन् ।

संसद बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि निर्धारित बैठक ढिला गरि सुरु भएको हो। आजको बैठकमा अमेरिकी सहयोग परियोजना ‘एमसीसी’को विषयमा छलफल हुने छ । आज बस्ने प्रतिनिधिसभा बैठकबाट एमसिसी पारित गर्ने तयारी छ। संसदमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी छलफलका लागि प्रस्ताव गरेका छन्। नेकपा एमालेका सांसदहरुले आज पनि अवरोध […]

बालुवाटारमा गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको ‘निर्णायक बैठक’ सुरु भएको छ। संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो।...

संसद बैठक सुरु भएलगत्तै एमालेको अवरोध

काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु, संसद अधिवेशनका लागि सिफारिस गरिने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन)  बोलाउन सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक बसेको हो। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको...

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...