दाङ : लुम्बिनी प्रदेशमा पछिल्लो ५ वर्षमा ८११ किलोमिटर सडक कालोपत्र गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष ०७५/७६ देखि चालु वर्षसम्म त्यति सडक कालोपत्र भएको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार १ हजार ६८ किलोमिटर सडक ग्राभेल र १ हजार ९६४ किलोमिटर सडक कच्ची छ। प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नति अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए। उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्