तयार भयो पशुपतिको गुरुयोजनाको मस्यौदा, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई हस्तान्तरण

काठमाडौं : पशुपति क्षेत्रको गुरुयोजनाको मस्यौदा तयार भएको छ। कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरि अन्तिम रुप दिइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजना तयार गरि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको छ।…

सम्बन्धित सामग्री

संसदीय विशेष छानविन समितिद्वारा प्रतिवेदन तयार

अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ।...

संसदीय विशेष समितिद्वारा आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । सिंहदरबारमा मङ्गलवार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले समिति सचिवालयले तयार पारेको कार्यविधिमाथि छलफल गरेर अन्तिम रूप दिँदै बजेट निर्माणका सवालमा अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात मगाउन पत्राचार गर्ने निर्णय गरेको हो । […]

एमाले वैशाख ३० मा कांग्रेससँग हार्न तयार भए हुन्छ : गगन थापा

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा हुने निर्वाच्नमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने बताएका छन्। वैशाख ३० गते घोषणा गरिएको निर्वाचनको मिति एक दिन पनि तल माथि नहुने दाबी गर्दै उनले कांग्रेससँग हार्नलाई एमाले तयार रहे हुने बताएका हुन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला […]

बीमा समितिद्वारा 'जलवायु जोखिम सम्बन्धि निर्देशिका' जारी

बीमा समितिले 'जलवायु जोखिम सम्बन्धि निर्देशिका , २०७८' जारी गरेको छ। समितिले बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न वान्छनीय भएकोले यो निर्देशिका जारी गरेको जनाएको छ ।निर्देशिका अनुसार  बीमकले जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाई सो को विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ। यस्तो विवरण कुनै कारणले प्रकाशन नगरेमा बीमकले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्ने ब्यबस्था गरिएको छ ।बीमकले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकवर्गलाई सुझाव दिनुपर्ने ब्यबस्था पनि निर्देशिकाले गरेको छ । निर्देशिका लागू भएको मितिले ३ वर्ष पूरा भएपछि बीमकले नयाँ बीमा योजना तयार गर्दा सोको बीमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ, सोसमेत स्पष्टरुपमा खुलाउनुपर्ने ब्यबस्था निर्देशिकाले गरेको छ।पुरा निर्देशिका हेर्न यहाँ क्लिक गर्नु होला ।

बीमा समितिद्वारा कलैयामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्थानीय तहमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालनलाई अभियानका रुपमा अगाडि बढाउने क्रममा बीमा समितिले आज प्रदेश नं. २ को बारा जिल्लाको कलैया उपमहानगरपालिकाको कलैयामा बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ  । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडास्तरमा पनि आयोजना गर्नुपर्ने, स्थानीयस्तरमै सहजरुपमा पशुपन्छी र बालीनालीको बीमा गर्न पाउने व्यवस्था गर्नुपर्ने, बीमा दाबी प्रक्रिया सरल हुनुपर्ने, बीमा दाबी भुक्तानी समयमै पाउनुपर्ने लगायतका धारणा राखेका समितिले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले आम नगरवासीलाई बीमाको दायरामा ल्याउनका लागि उपमहानगरपालिकाको आगामी बैठकमा बीमासम्बन्धी नीतिगत व्यवस्थाका लागि आवश्यक निर्णय गर्ने जानकारी दिए ।बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले विपद्बाट हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक क्षतिलाई न्यून गर्नका लागि उपमहानगरपालिकाले बीमा सम्बन्धी नीति ल्याएर आम नगरवासीलाई बीमाको दायरामा ल्याउनुपर्ने बताए। उनले आर्थिक रुपमा सम्पन्न व्यक्तिलाई स्वयम् नै बीमा गर्न प्रोत्साहित गर्न र न्यून आय भएका बर्ग पहिचान गरेर उनीहरुका लागि भने उपमहानगरपालिकाले नै बीमा गरिदिने व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिए ।अध्यक्ष सिलवालले देशमा बीमाको पहुँच बढाउनका लागि बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजनालाई अभियानका रुपमा अगाडि बढाएको उल्लेख गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि र नीति निर्माणका लागि आवश्यक सहयोग गर्न बीमा समिति तयार रहेको बताए । साथै, उनले उपमहागरपालिकाका सेवासँग आवद्ध गरेर घर सम्पत्तिको बीमालाई अनिवार्य गर्न र पशुपन्छी तथा कृषि बीमाको महत्वका बारेमा कृषकहरुलाई जानकारी दिन आग्रह गरे।कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा दात्री भुक्तानी प्रक्रिया र बीमाको पहुँच विस्तारमा स्थानीय सरकारको भूमिका लगायतका विषयहरु समेटिएको बीमासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।बीमा समितिको आयोजनामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातून, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक दिनेश कुमार लाल, कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य र प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु, बीमा, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, शिक्षक, कृषक र सर्वसाधारण गरी करिव ५० जनाको सहभागिता रहेको थियो ।

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताएका छन् । दुई सय आठौँ भानु जयन्तीका पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा–साहित्य समितिद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कुलपति उप्रेतीले राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका एकीकरणकर्ता भएजस्तै आचार्यले भाषा–साहित्यका माध्यमबाट एकीकरणको पूर्वाधार तयार गरेको जनाए । उनले सांस्कृतिक एकतामा जोड दिँदै प्रतिष्ठानले नेपाली साहित्यलाई अन्तर्राष्ट्

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित छलफलमा उनले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए। ‘राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो’, उनले भने। उनले देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति ल्याइएको बताए।

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन् । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उनले भने ।गौतम बुद्ध जन्मेको देशमा शान्तिका