बैतडी : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी शुरुवात गरेको छ। मंगलबार भएको खेलमा बैतडीले बझाङलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो। बझाङले दिएको १२२ रनको लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेटायो। जसमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको योगदान गरे।बझाङका अनिल थापाले ३ र सुशील रावलले १ विकेट लिए।त्यसअघि पहिला ब्याटिङ गरेको बझाङ ३८ ओभरमा १२१ रनमा अलआउट भयो। जसमा गजेन्द्र भण्डारीले २९ र