सर्लाहीको बयलवास बजार क्षेत्रमा निषेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मङ्गलवार दिउँसो ३ बजेदेखि बुधवार साँझ ७ बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।

सम्बन्धित सामग्री

सर्लाहीमा निषेधाज्ञा लम्बियाे

सर्लाही – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो । गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे नि...

सर्लाहीको बयलवासमा निषेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । विषयलाई लिएर स्थानीय र प्रहरीबीच मंगलबार झडप हुँदा प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते भएका छन् । ईश्वरपुर–५ का १५

स्थानीयले आन्दोलन चर्काएपछि सर्लाहीको बयलवासमा निषेधाज्ञा जारी

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा आज दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सर्लाहीको बयलवास बजार क्षेत्रमा निषेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मङ्गलवार दिउँसो ३ बजेदेखि बुधवार साँझ ७ बजे सम्म निषेधाज्ञा जारी गरेको हो ।

सर्लाहीकाे बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी

सर्लाही – सर्लाहीको बयलबास बजार र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गएको विषयलाई लिएर बयलवासका व्यापारीले  प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो । आज मङ्गलवार दिउँसाे ३ बजेदेखि सुरु भएको निषेधाज्ञा भोलि बुधवार बेलुकी ७ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको...