सर्लाही – सर्लाहीको बयलबास बजार र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीकाे ज्यान गएको विषयलाई लिएर बयलवासका व्यापारीले प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो ।
आज मङ्गलवार दिउँसाे ३ बजेदेखि सुरु भएको निषेधाज्ञा भोलि बुधवार बेलुकी ७ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको...