धेरै पहिले कुनै गाउँमा एउटा पीपलको रुख थियो । ऊ सेवालाई धर्म मान्थ्यो, रातदिन गाउँलेको सेवा गथ्र्यो । घाँस चाहिनेलाई घाँस, दाउरा चाहिनेलाई दाउरा, शीतल चाहनेलाई छायाँ, विश्राम चाहनेलाई विश्रामस्थल, खेल्न चाहनेलाई खेल्ने स्थान, अक्सीजन चाहिनेलाई अक्सिजन अर्थात् जसलाई जे चाहिन्थ्यो त्यही दिन्थ्यो । मिटिङ वा भेटघाट गर्ने स्थान चाहिए पनि उही अगाडि पथ्र्यो, बटुवालाई सुस्ताउने स्थान दिन पनि उही नै अघिसथ्र्यो । गाउँलेहरू पनि उसलाई खुबै माया गर्थे । कोही देवता मानेर पूजा गर्थे, कोही ढोग्थे, कोही सुमसुम्य