सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ । सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर