काठमाण्डौ – विज्ञहरूले सरकारले ठूला किसानलाई कृषि अनुदान दिन नहुने बताएका छन् । आज बुधवार काठमाण्डौमा खाद्यका लागि कृषि अभियानले आयोजना गरेको जैविक खेतीः खाद्य प्रणालीको पुनर्जीवन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि विज्ञहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
कृषि विज्ञहरूले सरकारले साना किसानलाई अनुदान, मझौला किसानलाई प्रविधि र ठूला किसानलाई नयाँ कृषि प्रणाली विकासका लागि प्रोत्साहन गरेमात्रै नेपालमा दिगो खाद्य विकास र कृषि प्रणालीको विकास हुने बताए । उनीहरूले नेपालको कृषि क्षेत्रले देशको अर्थतन्त्...