सर्वोच्च आदालतले नेपाल आयल निगम सञ्चालक समितिको ‘विज्ञ सदस्य’मा सहदेव बोगटीको नियुक्ति गरिएको सरकारको निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज विज्ञ सदस्यका लागि चाहिने ज्ञान र अनुभव बोगटीमा नभएको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।“नेपाल आयल निगम सञ्चालक समितिको ‘विज्ञ सदस्य’ हुनका लागि आवश्यक बाञ्छानीय योग्यता हासिल