प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणमा छन्। प्रधानमन्त्री दाहालको चीन भ्रमणसँगै गण्डकी प्रदेशका बासिन्दाले भने एउटा अपेक्षा राखेका छन्। त्यो अपेक्षा हो–मुस्ताङको कोरला नाका खुल्ने। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिक...
५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा […]
परराष्ट्र मन्त्री एनपी साउदले किमाथांका नाका खुलाउने बिषयमा चीन सरकार सकारात्मक रहेको बताएका छन्।
बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सिमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन...
कोरोना महामारीका कारण ३३महिनादेखि एकतर्फी मात्र खुलेको रसुवागढी–केरुङ नाका आजबाट दुईतर्फी खुलेको छ। कोरोनालाई देखाउँदै चीनले २०७६फागुनदेखि नाकाबाट एकतर्फी वस्तु नेपाल पठाउँदै आएको थियो। नेपालबाट चीन जाने वस्तुलाई प्रवेश दिइएको थिएन। सरकारले बारम्बार नाका दुईतर्फी खोल्न आग्रह गरेपछि आजबाट नाका दुईतर्फी खुला भएको हो। आज रसुवागढी–केरुङ नाकाबाट ६ट्रक वस्तु नेपालबाट चीन प्रवेश गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।
काठमाडौं। तातोपानी र रसुवागढी नाका खोल्न चीन तयार भएको छ। एकैदिन १ हजार २३० जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। विदेशी ठेकेदार कम्पनीले १.५ प्रतिशत आयकार तिर्नुपर्ने सरकारले निर्णय गरेको छ। कोरियामा ग्लोबल आइएमई बैंकको शाखा खुल्ने भएको छ। निम्न माध्यमिक तहका शिक्षकहरुको लाइसेन्स परीक्षा नतिजा सार्वजनिक गरिएको छ।
२९ भदौ, काठमाडौं । नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् । चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि […]
नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाका तीन वर्षदेखि बन्द छ । कोरोना महामारीका कारण बन्द भएको हिल्सा नाका अहिलेसम्म बन्दै छ । हिल्सा नाका नखुल्दा मानरोवर कैलाश यात्रामाा जाने तीर्थयात्रीले दर्शन जान...
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा चिनियाँ विदेश मन्त्री वाङले कोरोनाको कारण नाका खोल्न समस्या भएको बताएका थिए । अध्यक्ष दाहालसँगको भेटमा रहेका उनका स्वकीय सचिव रमेश मल्लले […]
१६ पुस, काठमाडौं । हिमपातका कारण नेपाल चीन व्यापारका दुवै प्रमुख नाका अवरुद्ध भएका छन् । रसुवागढी केरुङ र तातोपानी खासा दुवै नाकाबाट माल वस्तु आयात बिहीबार साँझदेखि अवरुद्ध भएको भन्सार कार्यालयलहरुले जनाएका छन् । हिमपातका कारण तत्काल कार्गो कन्टेनर पठाउन कठिन भएको जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । नेपालतर्फ आउँदै […]
कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर जारी गरेको हो ।
यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमा नाकाका नेपालीले सास्ती भोग्दै आएका थिए । कान्तिपुरमा खबर छ ।