स्थानीय तहको चुनावबारे सत्ता गठबन्धनको कानुनका जानकारसँग बालुवाटारमा छलफल जारी

काठमाडौँ – स्थानीय तहको चुनाव सार्ने उद्देश्यसहित सत्ता गठबन्धनमा आबद्ध दलहरुले कानुनका जानकारहरुसँग छलफल गरिरहेका छन्। बालुवाटारमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरुले चुनावबारे परामर्श गरेका हुन्। स्थानीय तह निर्वाचन ऐनले स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई […]

सम्बन्धित सामग्री

एकजना कि बढी मन्त्री राख्ने भन्नेमा छलफल जारी छ : डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि शपथ गर्ने गरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा डा.भट्टराईले छलफल जारी रहेकाले केहीबेरमै टुंगो लाग्ने बताए । ‘प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्नुहुन्छ, । सत्ता गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । छलफल राम्रो ढंगले भइरहेको छ’, भट्टराईको भनाइ छ ।

‘इपिसेन्टर’ बालकोटमा शीर्ष नेताहरूको चहलपहल (फोटो फिचर)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलका शीर्षस्थ नेताहरूको बैठक जारी छ। नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा दलहरूले बहुमत जुटाउन प्रयास जारी राखेका छन्। नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले छलफल जारी राखेका छन्।आज बिहानसम्म सत्ता गठबन्धनको सरकार बन्ने आँकलन गरिए पनि एकाएक माहोल बालकोटतर्फ मोडिएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सत्ता गठबन्धनको बैठक फेरि बस्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ- सत्ता गठबन्धनको बैठक केही समयपछि फेरि बस्ने भएको छ । यसअघिको बैठक निष्कर्षविहीन भएपछि पुनः बस्न लागेको सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल जारी रहेको बताउँदै उनले केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । उनले भने, ‘गठबन्धन मुलुकको आवश्यकता हो । अहिले नै निष्कर्षमा पुगेका छैनौँ । आन्तरिक छलफलको […]

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । गठबन्धन बैठकमा सहभागी हुनका लागि सबै शीर्ष नेताहरु बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। सत्तारुढ गठबन्धन दलबीच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि नयाँ सरकारको […]

कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन काँग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् ।

गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, गाँठो फुकाउन आन्तरिक छलफल गरिने

सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भने, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको काँग्रेस महामन्त्री गगन थापाले बताए ।उनले भने, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन । बुधबार ठोस रुपमा छलफल हुन्छ होला ।’ मंगलबार आन्तर

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं :  सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन्। बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको जनाएको छ। यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक अहिले बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेजखबरलाई जानकारी दिनुभएको हो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीचको छलफल जारी रहेको उहाँले बताउनुभयो । एमसीसी अनुमोदन […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ। एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल जारी रहेकाे छ।...

मन्त्रालयको भागबण्डामा मिलाउन बालुवाटारमा सत्ता गठबन्धनको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल जारी छ । केहीबेर अघिबाट सुरु भएको छलफलमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको बुझिएको छ । ५ दलीय गठबन्धनमा रहेका दलहरुमध्ये राष्ट्रिय जनमोर्चाबाहेक चार दल सरकारमा सहभागी हुन