गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, गाँठो फुकाउन आन्तरिक छलफल गरिने

सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भने, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको काँग्रेस महामन्त्री गगन थापाले बताए ।उनले भने, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन । बुधबार ठोस रुपमा छलफल हुन्छ होला ।’ मंगलबार आन्तर