काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलका शीर्षस्थ नेताहरूको बैठक जारी छ। नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा दलहरूले बहुमत जुटाउन प्रयास जारी राखेका छन्। नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले छलफल जारी राखेका छन्।आज बिहानसम्म सत्ता गठबन्धनको सरकार बन्ने आँकलन गरिए पनि एकाएक माहोल बालकोटतर्फ मोडिएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल