धादिङमा जन्मिएका बेग तामाङ परिवारका माइला सन्तान हुन् । उनी ९ महिनाको हुँदा खुट्टामा समस्या देखियो । खुट्टा आफैँ सुक्दै जान थाल्यो ।
गाउँघरमा त्यतिबेला अस्पताल लैजाने चलन थिएन । उनको परिवार पनि झारफुक गराउनतिर लाग्यो । तर, रोग झारफुकबाट ठीक हुने कुरै भएन ।
परिवारले पछि मात्र थाहा पाए, बेगलाई पोलियो भएको रहेछ । रोग पहिचान हुँदा उपचारका लागि धेरै ढिला भइसकेको थियो ।
बेग १३ वर्षको हुँदा अस्पताल लगियो । पूर्ण रूपमा निको हुन सम्भव नभए पनि उनले चिकित्सकको सल्लाहमा थेरापी र दैनिक व्यायाम गर्न थाले ।...