पोखराः पोखरा महानगरपालिकाले निजी क्षेत्रको शौचालय प्रयोग गर्ने र ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ। महानगरको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको हो।
ल्याण्डफिल साइट पोखरा ३३ मा सार्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने, निजी रेष्टुरेष्टका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न द्धिपक्षीय सम्झौता गर्ने निर्णय भएको…