नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।
कोरोना संक्रमणबाट निको भए पनि स्वास्थ्यमा सुधार हुन नसक्दा उनले ज्यान गुमाएका हुन् ।
उनको सोमवार दिउँसो काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारजनले जनाएको छ ।
यसअघि पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी कुुँवर ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनको घर पोखरा–६ बैदाममा रहेको छ ।