२९ मंसिर, काठमाडौं । अनलाइनखबर टिम टोखास्थित ईश्वर पोखरेलको निवासमा पुग्दा उनी चुनावी बधाइ लिइरहेका थिए । लगातार दुईवटा संविधानसभा निर्वाचनको पराजयले एमाले महासचिव पोखरेलको शक्ति पार्टीमा जति बलियो थियो, राज्यसत्तामा कमजोर बनाएको थियो ।
एमालेको कार्यकारी महासचिव भएर पनि पोखरेलले दुई चुनाव हार्नुको पीडा भोगेका थिए । यसपटक काठमाडौं ५ …