जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशमा संसदीय दलको नेता बन्ने दौडधुप सुरु भएको छ । मधेस प्रदेशमा प्रत्यक्षबाट नौ र समानुपातिकबाट सात गरी जसपासँग १६ सांसद छन् । केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने चर्चा सुरु भएपछि संसदीय दलको नेता बन्नका लागि सो पार्टीमा दौडधुप सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत, निवर्तमान सभामुख सरोज यादव, मनिष सुमन, रामअशिष यादव, राजकुमार गुप्ता संसदीय दलको नेता बन्ने पहल गरिरहेका छन् । लगभग जसपा नेपाल गठबन्धन सरकारमा सहभागी हुने निश्चित छ । स