झापामा सोमबार साँझसम्ममा एक नगरसहित चार वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। तीमध्ये कनकाई नगरमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ। दुई गाउँपालिकामा राप्रपा र एउटामा काँग्रेस विजेता बनेको छ।
झापा-संघीय संसद सचिवालयको आयोजनामा झापाको बिर्तामोडमा नमूना संसद बैठक बसेको छ। झापाको क्षेत्र नं २ का विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर नमूना संसद बैठक बसेको हो। नमूना बैठक अवलोकन गर्न सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर तथा राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूको उपस्थिति छ। तस्बिरहरू:
झापाको दुई वटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन्। पछिल्लो मत परिणाम अनुसार झापाको ५ वटा क्षेत्रमध्ये २ वटामा एमाले अगाडि देखिएको हो।...
झापा – चट्याङ लागेर झापाको बिर्तामोडमा एक बालिकाको मृत्यु भएको छ। शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा एकजना बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको स्थानीयबासीले जनाएका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार...
मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख...