झापाको दुई वटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन्। पछिल्लो मत परिणाम अनुसार झापाको ५ वटा क्षेत्रमध्ये २ वटामा एमाले अगाडि देखिएको हो।...
काठमाडौँ- सशस्त्र प्रहरी बलले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जारी गरेको सूचनामा चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको हो । सशस्त्र प्रहरी प्रधान कार्यालय पशु तथा […]
काठमाडौँ, ४ असार । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा […]
झापा – झापाको क्षेत्र नं २ झापाको करिब मध्य क्षेत्रमा पर्छ । त्यसमा पनि झापाको केन्द्र मानिएको बिर्तामोड यही क्षेत्रमा पर्छ। सँगै अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाका अधिकांश वडा पनि यही क्षेत्रमा पर्छ। शिक्षा, स्वास्थ्य सेवाको हिसाबले पनि झापा २ अन्य क्षेत्रभन्दा धेरै माथि छ। तर अधिकांश यी क्षेत्रका संरचना र विकास निजीस्तरबाट विकसित भएका हुन्। […]
झापा – झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणनाको तयारी भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा रहेकाले पनि यो क्षेत्रलाई चासोका साथ हेरिएको छ ।
केही समय पछि यो क्षेत्रको मतगणना गर्ने तयारी छ । ५ नम्बर क्षेत्रमा नेपाली काँग्रेसका खगेन्द्र अधिकारी ओलीको प्रतिस्पर्धी हुनुहुन्छ । यस्तै जनता समाजवादी पार्टीका ओममाया आङदेम्वे र राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट सुरेशकुमार पोखरेललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा १ र ५ को गणना हुन बाँकी छ । क्षेत्र नम्बर २ मा...
झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।
पछिल्लो दुई घण्टा झापाको शनिश्चरे, दोमुखा (कन्काई र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव बढ्न सक्ने जनाएको छ । ती साना नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।आइतबार पनि झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९: ४५ बजे दमक न
दमक । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत झापाको दमकमा ‘भ्यू टावर’ निर्माणमा चासो देखाए । समथल उक्त क्षेत्रमा भ्यू टावरको उपयोगिता नरहने भन्दै सरोकारवालाले उक्त रकम विकास निर्माणमा प्रयोग गर्न सुझाएका थिए । तर भ्यू टावर नै निर्माण गर्ने हुटहुटी देखाइए पनि निर्माण सम्पन्न हुने समय सकिन लाग्दा समेत निर्माणको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।भ्यू टावर निर्माणको काम २०७६ साउन महिनाबाट सुरू भएको थियो भने यही पुस मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता छ । संघी
भदौ १८, झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको धान सुपरजोन क्षेत्रमा उत्पादन बढे पनि मूल्य नपाउँदा कृषक चिन्तित छन् ।
सरकारले सुपरजोन घोषणा गरेर धान खेतीमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिक गराए पनि बजार र मूल्य निश्चित नहुँदा यहाँका कृषक चिन्तित भएका हुन् ।
विसं २०७३ मा यस जिल्लालाई धानको सुपरजोन घोषणा गर्दा कृषकले अपेक्षा गरेका धानको मूल्य र बजार नै सबैभन्दा प्राथमिक विषय रहेको कचनकवलस्थित नौलो भविष्य साना किसान कृषि सहकारीका अध्यक्ष रवि ओझाले बताए । घोषणा भएको पाँच वर्षमै लक्ष्यअनुसार उत्पादन बढेको उनको भनाइ थियो ।
‘उन्नतरुपमा खेती गर्न र उत्पादकत्व बढाउन सुपरजोनबाट सफलता मिलेको छ तर उत्पादनले बजार नपाउने र पाए पनि मूल्य नपाउने समस्या जस्ताको तस्तै छ, त्यसकारण सुपरजोन बनेको अनुभूति किसानले गर्न पाएका छैनन्’, अध्यक्ष ओझाले भने, ‘संसारमा सबै वस्तु तथा सेवामा उत्पादकले आफ्नो उत्पादनको बजार मूल्य आफैँ तोक्ने गरेकामा हामी किसान मात्र यस्ता उत्पादक हौँ, जसले अरुले बोलेको भरमा नाफा–घाटा जे भए पनि आफ्नो उत्पादन बेच्नुपर्छ ।’
परियोजनामार्फत कृषकले अनुदानमा यान्त्रिक उपकरण पाए पनि ती हाल प्रयोगविहीन भएको र धान सुपरजोनमा परियोजना कार्यालयका प्रतिनिधिसमेत आउन छाडेको उनको गुनासो थियो ।
सुपरजोन घोषणा भएपछि उत्पादन, भण्डारण र बजारीकरणमा जोड दिनुपर्ने नत्र उत्पादन घट्न सक्ने कृषकको भनाइ छ । मूल्य नपाइएका कारण बर्खे धानको उत्पादन घट्न थालेको र सरकारले तोकेको धानको समर्थन मूल्यसमेत कृषकले पाएका छैनन् ।
परियोजना लागू भएपछि कृषक परम्परागत खेती प्रणालीलाई पाखा लगाउँदै आधुनिक तरिकाले खेती गर्न अभ्यस्त भएको कचनकवल गाउँपालिका–२ बागाडाँगीका कृषक कूलबहादुर लिम्बूले बताए । ‘हामीले मेशिनबाटै धान रोप्ने र काट्ने सुविधा पाएका छौँ’, उनले भने, ‘तर भाउ नपाउने समस्या हल भएको छैन, यसकारण धान सुपरजोनको वास्तविक अनुभव गर्न सकिएन ।’
सुपरजोनमा बजारको व्यवस्थासमेत गरिने बताइए पनि बजार र मूल्यका विषयमा प्रभावकारी पहल नभएको बनियानीका अर्का कृषक नरेन्द्र राजवंशीको गुनासो थियो । उनले भने, ‘बजार र मूल्यका विषयमा केही भएन, गाउँका व्यापारीको मनलाग्दीमै धान बेच्नु परेको छ ।’
सरकारी अधिकारीसमेत कृषकको गुनासो जायज रहेको स्वीकार्छन् । ‘हो बजारकै कारण ठूलो समस्या भइरहेको छ’, परियोजना कार्यान्वयन एकाइका प्रमुख रविन्द्र सुवेदीले भने, ‘अब सरकारले हरेक वर्ष न्यूनतम समर्थन मूल्य तोक्ने, बजारमा त्यसअनुसारको भाउ नपाए आफैँले किनिदिने प्रबन्ध गर्नुपर्छ ।
त्यसो गर्न सकिए अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नेगरी धान उत्पादन हुने र त्यसले कृषकलाई पनि उत्साही बनाउँछ ।’
विसं २०७३मा पृथ्वीनगर, बालुबाडी, बनियानी, पाठामारी, केचना, पथरीया र घेराबारीका किसान लाभान्वित हुने गरी एक हजार हेक्टर जमीनमा यो कार्यक्रम लागू गरिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनियानीमा उपकरणले धान रोपेर सुपरजोन प्रारम्भ गरेका थिए ।
जिल्लामा हरेक वर्ष सरदर ९० हजार हेक्टर जमीनमा धान खेती हुँँदै आएको छ । धान सुपरजोन क्षेत्रमा राज्यले नीतिगत निर्णय गर्न नसक्दा समस्या भएको कचनकवलका कृषक हरिप्रसाद घिमिरेले बताए । परियोजनाको सञ्चालन अवधारणामा कृषि योग्य जमीनको चक्लाबन्दी गरिने उल्लेख गरिएको चर्चा गर्दै उनले भने, ‘सुपरजोन क्षेत्रमा कसैले जग्गा प्लटिङ गर्दैछन्, कसैले इँटा उद्योग खोल्दै छन्, कसैले माछा पोखरी खन्दैछन् तर चक्लाबन्दीको अवधारणानुसार काम भने भएको छैन ।’
उक्त कार्यक्रम पूर्णरुपमा सफल हुन नसकेको र सिँचाइका लागि जडान गरिएको सोलार पम्प पनि लामो समयदेखि बिग्रिएर प्रयोगविहीन भएको छ कृषक घिमिरेको भनाइ थियो । रासस
झापा – कोराना भाइरसको संक्रमणको जोखिम नियन्त्रण गर्न भन्दै झापाको शिवसताक्षी नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ। शिवसताक्षी नगरमा सोमबार रातिदेखि ‘लकडाउन’ गरिने भएको नगरपालिका कार्यालयले जनाएको छ। आइतबार नगरप्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको […]