हिन्दू धर्मावलम्बीले पुज्ने गरेको शालिग्रामको संरक्षण र प्रवद्र्धन गर्न बागलुङमा विश्वकै नमुनाका रूपमा सुरुङभित्र सङ्ग्रहालय निर्माण गरिएको छ । कालीगण्डकी नदीमा मात्र पाइने हिन्दूको पुज्य साढे एक लाख शालिग्राम, गण्डकी सभ्यता, विश्वका विभिन्न नदीमा पाइने शिला सङ्ग्रहित गरिएको सङ्ग्रहालय विश्वकै नमुना सङ्ग्रहालयका रूपमा दाबी गरिएको छ ।