पहिरो थुनिएको गुर्जा खोलाबाट पानी बग्न थालेपछि जोखिम टर्यो

म्याग्दी : पहिरोले थुनिएको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोलाबाट पानी बग्न थालेपछि सम्भावित जोखिम हटेको छ। गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर खस्दा थुनिएको खोला आइतबारदेखि प्राकृतिकरुपमा बग्न थालेपछि तटीय क्षेत्रको सम्भावित जोखिम टरेको हो।खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटीय क्षेत्रमा रहेको जोखिम कम भएको पहिरो स्थलको स्थलगत निरीक्षणमा पुगेका वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। पानी बग्न थालेको र तलाउको सतह घट्दै गएको छन्त्यालले बताए।

सम्बन्धित सामग्री

पहिरोले थुनिएको गुर्जा खोलामा पानी बग्न थाल्यो, जोखिम घट्यो

म्याग्दी : पहाडबाट पहिरो खस्दा म्याग्दीको गुर्जा खोला थुनिएको छ । शनिबार थुनिएको खोलामा आइतबार बिहानदेखि भने पानी बग्न थालेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा खोला पहाडबाट पहिरो खसेपछि थुनिएको थियो । खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित जान आग्रह गरिएको थि…