काठमाण्डाै : नारायणघाट–मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न सकेको छैन ।
अहिले गाडी चापमा चलिरहेका र जाम रहेको मुग्लिन प्रहरीले जनाएको छ । हिजो शुक्रवार बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा घण्टौँसम्म गाडी जाम भएको थियो । दिउँसो पहिरो पन्छ...