लाेप हुँदै प्यूठानको पहिचान, कालीगढ भन्छन्– ‘म पनि मरेपछि कसले बनाउला र खै !’

चुलेसी बनाउने सीप युवा पुस्ताले सिक्न चासो नदिँदा प्यूठानको पहिचान नै मेटिने अवस्था आएको हो । यस पेशाबाट सोचेजस्तो आम्दानी नहुने र विदेशिने लहडका कारण चुलेसी लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

सम्बन्धित सामग्री

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि मागअनुसारको […]

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।  पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । खुकुरी बनाउने पेसालाई अपहेलनाको रुपमा हेरिने गरिएकाले यो पेसा सङ्कटमा परिरहेको  व्यावसा

भोजपुरे खुकुरीको माग बढ्दो

भोजपुर– देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।  पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए […]

नवदुर्गा प्रतिमा

माता नवदुर्गाको प्रतिमालाई अन्तिमरुप दिँदै कालीगढ । तस्वीर : सन्जीत मण्डल/रासस

विदेशी कालीगढ नफर्केपछि दक्ष कामदारको अभाव

कोराना भाइरसको त्रास बढ्दै गएपछि डेढ वर्षअघि आफ्नो देश फर्किएका दक्ष कालीगढ अहिलेसम्म नेपाल फर्किएका छैनन् । भारतीय तथा बंगलादेशी कालीगढमा आश्रित नेपालको सुनचाँदी, इँटाभट्टा, तयारी पोशाकदेखि साना मझौला उद्योगमा उनीहरु नफर्केसँगै दक्ष कामदारको अभाव बढ्न थालेको छ ।कोभिडको असर कहिलेसम्म रहने भन्ने कुनै यकिन नभएकोले पुरानै कालीगढ फर्किनेमा रोजगारदाता विश्वस्त छैनन् भने नयाँ कालीगढ […]

कालीगढ अभाव : बढ्यो सुनका गरगहनाको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ । चैत महीनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो । चालू आवको ८ महीनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महीनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनससम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महीनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ । कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरहगनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए । ‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् । वैशाखमा हुने विवाह कार्यक्रमका लागि माग बढ्दै गएपछि त्यसअनुसार सुनका गरगहना बनाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसको असरले चैतमा सुनका गरगहनाको आयात ह्वात्तै बढेको हो ।’ सामान्यतया नेपालमा बन्न नसक्ने विदेशी डिजाइनका गरगहना आयात गरिन्छ । यसपटक नेपालमा कालीगढको अभाव भएपछि नेपालमै बन्ने डिजाइनका गरगहना पनि आयात गरिएको व्यवसायीहरू बताउँछन् । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ६० लाख बराबरको गरगहना आयात भएको थियो । वार्षिक विन्दुगत आधारमा पनि सुनका गरगहनाको आयात १५० प्रतिशतले बढेको देखिन्छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ । पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन थालेका छन् । फलस्वरूप सुनका गरगहनाको आयात बढ्न थालेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुनका गरगहनाको आयात अस्वाभाविक रहेको बताए । सरकारले यसलाई विस्थापन गर्नेगरी नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सुनका गरगहना आयात गर्नुभन्दा काँचो सुन नै आयात गर्नु फाइदाजनक हुन्छ । यसका लागि सरकारले सही नीति ल्याउनुपर्छ ।’

कालीगढ नपाउँदा ऐतिहासिक पुल ओझेलमा

तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ।

कर्णालीमा हिरा छ, कालीगढ छैनन्: मन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा हिरा भएको तर कालीगढ नभएकाले समस्या भएको बताएका छन्। रारा-कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुगेका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर संरक्षण प्रचार प्रसार गर्नको लागि कालीगढ नभएकाले ओझेलमा परेका बताए। रारा महोत्सव मात्र नभई रारा कर्णाली…

जुत्ता उद्योगमा कालीगढ अभाव

रन सुजमा दुई सय ५० कालीगढ (कामदार)ले काम गर्छन् । तीमध्ये ७६ जना भारतीय छन् । यहाँ कालीगढ नपाएपछि भारतबाट कामदार ल्याएको उद्योगी बताउँछन्। उद्योग सञ्चालनका लागि कामदार अभाव सधैं खड्किरहने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ न्यौपानेले भने, ‘जुत्ता उद्योगको मुख्य समस्या नै कामदार हो ।’ नेपाली कालीगढ सबैलाई तालिम दिएर उद्योगले नै तयार गर्छन् । यहाँका युवा विदेश गइरहेको बेला जुत्ता उद्योगमा भने कालीगढको अभाव छ । सीपयुक्त कालीगढ नपाएपछि भारतबाट ल्याएर काम गराइरहेको उद्योगी बताउँछन्।