जुत्ता उद्योगमा कालीगढ अभाव

रन सुजमा दुई सय ५० कालीगढ (कामदार)ले काम गर्छन् । तीमध्ये ७६ जना भारतीय छन् । यहाँ कालीगढ नपाएपछि भारतबाट कामदार ल्याएको उद्योगी बताउँछन्। उद्योग सञ्चालनका लागि कामदार अभाव सधैं खड्किरहने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । ‘यहाँ कामदार नपाएर भारतबाट ल्याउनुपर्ने बाध्यता छ,’ न्यौपानेले भने, ‘जुत्ता उद्योगको मुख्य समस्या नै कामदार हो ।’ नेपाली कालीगढ सबैलाई तालिम दिएर उद्योगले नै तयार गर्छन् । यहाँका युवा विदेश गइरहेको बेला जुत्ता उद्योगमा भने कालीगढको अभाव छ । सीपयुक्त कालीगढ नपाएपछि भारतबाट ल्याएर काम गराइरहेको उद्योगी बताउँछन्।