काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति पुर्याएको छ ।
लगातारको पानीका कारण आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् ।
पानी पर्न रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभएको छ।
त्यस्तै, बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा याताय...
कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ । शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए ।उनका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस (बच्चालाई खुवाउने औषधि), स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको छ । “स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा आठ लाख बराबरको औषधिमा क्षति पुग्यो&rdqu
जुम्लामा बाढीले २३ वटा सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको छ । कात्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका २३ वटा नयाँ तथा पुराना सिँचाइ नहर बगाउँदा चार करोड बढीको क्षति भएको हो ।बाढीले विशेष गरी तातोपानी र तिला गाउँपालिकाका सिँचाइ नहर(कुलो)मा क्षति गरेको पाइएको छ । जसका कारण हिउँदे […]
कात्तिक पहिलो साताको अविरल वर्षापछि आएको बाढीले जुम्लाका २३ सिँचाइ नहरमा (कुलो) क्षति पुर्याएको छ । बाढीले विशेषगरी तातोपानी र तिला गाउँपालिकामा रहेको सिँचाइ नहरमा क्षति गरेको हो । बाढीले तिला गाउँपालिका–४...
बेमौसमी वर्षाका कारण जुम्लाका करिब दर्जन बढी विद्युतगृहमा क्षति भएको छ । गत असोज ३१ गतेदेखि तीन दिनसम्म लगातार भएको वर्षाले जुम्लाको विद्युत क्षेत्रमा ठूलो क्षति पु¥याएको हो ।जिल्लाको तातोपानी र तिला गाउँपालिकाका करिब एक दर्जन विद्युतगृहमा बाढीले क्षति पु¥याएको पाइएको छ । बाढीले विद्युत आयोजनाको नहर, विद्युतगृह दुई स्थानीय तहका हजारांै बासिन्दा अन्धकारमा बस्न […]
डडेल्धुरा : बाढीले डोटीको पूर्वीचौकी गाउँपालिका–४ मा निर्माणाधीन माथिलो गड्डीगाड जलविद्युत् आयोजनामा क्षति गरेको छ। बाढीले १.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति गरेको हो।आयोजनाका साइड इन्चार्ज दानबहादुर साउँदका अनुसार बाढीले सेटलिङ बेसिन, पेनिस्टिक पाइप लाइन, अन्डर स्वीच गेटलगायतका संरचनामा क्षति गरेका छ। हेड्वकस जाने बाटो पनि अवरुद्ध भएको छ।बाढीले निर्माण भइसकेका संरचना बगाए पनि काम भइरहेको छ। बाँकी सामान ल्याउनका लागि सडकहरू अवरुद्ध हुँदा समस्या भएको इन्चार्ज साउँदले
कर्णाली – दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ। बाढीले यहाँ आठ स्थानीय तहमध्ये तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ। तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका–४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा ठूलो क्षति भएको छ। क्षतिग्रस्त स्थल […]