सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी नेपाल लिटरेचर फेस्टिबलको ११औं संस्करणअन्तर्गत ‘बुद्ध : भगवान् कि दार्शनिक ?’ सत्रमा यही प्रश्नमा केन्द्रित रहेर शनिबार बहस भयो । यो बहसमा वक्ता ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल र भिक्षु धज्जवन्तो र सहजकर्ता लेखक सरस्वती प्रतीक्षा थिए ।