सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्म ३ अर्ब ४२ करोड रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयलाई सो रकम निकासा दिएको हो । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैशाखसम्म स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड र स्वास्थ्य उपकरण खरिद्का लागि रक्षा मन्त्रालय अन्तर्गत खर्च गर्ने गरी २ अर्ब ३४ करोड निकासा दिएको बताए ।