काठमाडौं। क्यानडा सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न १० लाख क्यानेडियन डलर ९ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। क्यानडाले उक्त सहयोग इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीमार्फत परिचालन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि अन्तर्राष्ट्रिय समुदायले सहयोगको घोषणा गरिरहेका छन्। केही राष्ट्रहरुले सहयोग नेपाललाई उपलब्ध गराइसकेका छन्।