धनगढी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। सोमबार देउवाको निर्वाचन क्षेत्र डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।नेपाली कांग्रेस (बीपी) का वरिष्ठ उपसभापतिसमेत रहेका डडेल्धुरामा प्रतिनिधि सभातर्फका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारेजको माग गर्दै उजुरी पेश गरेका छन्।मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै उजुरी पेश गरेका हुन्। सोहीअनुसार दे