नेपाली सेनाले बाढी र पहिरो पीडितका लागि सिन्धुपाल्चोकमा मेडिकल क्याम्प सञ्चालन गरेको छ ।
बुधवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी तथा पहिरो प्रभावितका लागि क्याम्प सञ्चालन गरिएको हो ।
सिन्धुपाल्चोकको चनौटे इलाकामा बागमती प्रदेश सरकार र नेपाली सेनाको टोलीले संयुक्तरूपमा मेडिकल क्याम्प सञ्चालन गरेको नेपाली सेनाले जनाएको छ ।