वीरगञ्ज युथ युनाइटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सि डिभिजिन लिगमा बुधबार जित निकालेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई १–० ले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले स्तब्ध बनाएको हो ।वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३औं मिनेटमा […]