लामो समयदेखि चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन सोमवार पत्नी पूर्वसभामुख ओनसरी घर्तीसहित नेपाल फर्किँदैछन्।
विश्वमै विरलै देखिने जण्डिसबाट पीडित पुन काठमाडौंबाट सामान लिन चीनको कुन्मिङ गएको हिमालयन एयरलाइन्सको एच नाइन ७८४२ जहाजबाट नेपाल फर्किन थालेका हुन् ।
जहाज चीनबाट आजै फर्केर साँझ साढे ७ बजे नेपाल आइपुग्ने तालिका छ ।
उक्त जहाज आज बिहान ९ बजे काठमाडौंबाट कुन्मिङका लागि उडेको थियो । चीनबाट सामान लिन गएको कार्गो जहाजमा नेता पुन आउने त्रिभुवन विमानस्थलले समेत पुष्टि...