मुलुकका एकमात्र डलर अर्बपति विनोद चौधरीसहित दर्जनौं उद्योगी व्यवसायीलाई आम मतदाताले कानुन निर्माण (नीति निर्माण) गर्ने थलो संसद्मा प्रतिनिधि बनाएर पठाएका छन् । मुलुकका विभिन्न व्यवसायमा सफलता प्राप्त गरेका उद्योगी–व्यवसायीलाई यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले सदस्यका रुपमा विजयी बनाएर पठाएका हुन् । निजी क्षेत्रले कानुन अभावमा मुलुकमा लगानीको वातावरण नबनेको गुनासो गर्दै […]