सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल र सडकमा क्षति

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति पुर्याएको छ । लगातारको पानीका कारण आएको बाढीले मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । पानी पर्न रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताउनुभएको छ। त्यस्तै, बाढीले हेलम्बुमा चनौटे–इचोक सडक बगाउँदा याताय...

सम्बन्धित सामग्री

मेलम्चीमा बाढीले बगायो अस्थायी पुल, आवतजावत गर्न कठिनाई

काठमाडौँ- बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बगाएको छ । गएराति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो ।  अस्थायी पुल बगाएपछि एक गाउँबाट अर्को गाउँ जान कठिनाई भएको छ । ह्युम पाइपमा क्षति भएसँगै मेलम्ची दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको ...

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

म्याग्दी । दुई महीनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।  गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए ।   ‘बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौं,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छौं । यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गर्नुभएको छ । सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन् ।’ गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन् । छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौं र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम सङ्कलन गरेर पठाएका हुन् । व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन् । चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए ।   तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ । घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन् । बाढीले घर भत्काएपछि करीब एक महीना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताइन् ।  क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए । ‘बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौं,’ उनले भने, ‘जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ ।’ भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए । कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो ।  कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४  गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो । व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो । उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ । नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए । रासस

मेलम्चीमा फेरि बाढी, अस्थायी पुल र सडकमा क्षति

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्‍याएकाे छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्‍याएकाे हो । पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । वर्षा रोकिएपछि तत्काल मर्मत […]

बाढीले अस्थायी पुल र सडकमा क्षति

लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।

पुरानै धारमा फर्काएर कागखोलामा अस्थायी पुल

गत साउनको अन्तिममा मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागखोलामा बाढी आउँदा खोलाले धार परिवर्तन गर्दा ठुलो क्षति भएको थियो। खोलामा बाढी आएको झन्डै एक महिनामा कागखोलालाई पुरानै धारमा फर्काइएको छ। साउन २८ गते आएको बाढीले कागबेनी क्षेत्रमा निकै ठुलो भौतिक संरचनामा क्षति पु¥याएको थियो। खोलामा आएको बाढी बस्तीमा पसेर क्षति पु¥याएको थियो। अहिले कागखोलालाई पुरानै धारमा फर्काएर पुरानै ठाउँबाट बगिरहेको छ।

वर्षाले मेलम्चीको अस्थायी पुल र ट्रयाक क्षतिग्रस्त

वर्षा याम सुरु भएसँगै मेलम्ची नदीमा आएको बाढी पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स जाने सडक र तीनवटा अस्थायी पुलमा क्षति पुर्‍याएको छ।...

अस्थायी पुल बाढीले बगाएपछि बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाको आग्रह

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो । मेलम्चीबाट इन्द्रावती तर्ने ह्युमपाइप बाढीले क्षति पुगेपछि ज्यामिरे शिखरपुर इन्द्रावती तथा पाँचपोखरी जाने सडक सञ्जाल टुटेको छ । आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको पुल बाढीले […]

बेँशीशहर–चामे सडक पुनः अवरुद्ध

मनाङ । करीब चार महीना लगाएर सञ्चालन भएको बेँशीशहर–चामे सडक खण्ड वर्षाका कारण पुनः अवरुद्ध भएको छ । बेमौसमी वर्षापछि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङको एक मात्र सडक सञ्जाल अवरुद्ध भएको छ । गत जेठ १४, ३१ र असार १ गतेको आएको बाढीपहिराले टुटेको सडक दशैंअघि मात्रै सञ्चालन भएको थियो । लामो समय लगाएर निर्माण गरिएको सडक आइतवारदेखि वर्षासँगै आएको बाढीपहिरोले पुनः अवरुद्ध भएको हो । बाढीपहिराले सदरमुकाम चामेभन्दा तल्लो भागका अस्थायी पुल तथा सडकहरूमा क्षति पु¥याएको छ । केही स्थानमा मस्र्याङ्दीमा आएको बाढीले कटानसमेत गरेको छ । बेँशीशहरदेखि मनाङको सदरमुकामसम्मको ६५ किलोमिटरमध्ये लमजुङतर्फ उक्त खण्डको म्याग्दीसम्म ३५ किलोमिटरमा पनि सडकमा क्षति पुगेको छ । उक्त सडक खण्डको केही भागमा बाढीपहिराले सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छैन । म्याग्दीदेखि मनाङ सदरमुकाम चामेसम्मको विभिन्न स्थानमा बाढीपहिरोले सडक र अस्थायी पुल बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरा खसेको छ । ‘स्याक्र्यु खोलाको अस्थायी काठे पुलमा ठूलो मुढा अड्किएको छ । तिमाङखोलाको अस्थायी काठेपुलको केही भाग बगाएको छ,’ प्रजिअ आचार्यले भने । नासोँ गाउँपालिकाको दानक्युको अस्थायी काठे पुलमा बाढीपहिराले क्षति पु¥याएको उनले बताए । यसैगरी बगरछाप, एक्लेभट्टी, खोत्रो, निगालाघारीमा ठाडोखोलाले सडकमा क्षति पु¥याउनुका साथै सडक बगाएको उनको भनाइ छ । उक्त सडकअन्तर्गत माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरी सडकमा क्षति पु¥याएको उनले बताए । भ्राताङदेखि तल र तलेखुदेखि माथिको भागमा मस्र्याङ्दीले कटान गर्नाका साथै डुबानमा परेको प्रजिअ आचार्यले बताए । ‘मस्र्याङ्दीमा आएको बाढीले तल्लो मनाङस्थित चामेभन्दा तल्लो भागको धारापानी, तालगाउँलगायत ठाउँमा बसोबास गर्दै आएका मनाङवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छौं,’ उनले भने ।’ मनाङको मेरुदण्डको रूपमा रहेको बेँशीशहर–चामे सडकको १२ देखि १५ स्थानमा बाढीपहिरोले क्षति पु¥याएको उनले बताए । वर्षा रोकिएपछि एकै दिन सडक मर्मत सक्ने गरी योजना बनाएर अगाडि काम गरिने उनको भनाइ छ । रासस