योगेश्वर अमात्य नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । उनको पूरै नाम योगेश्वरप्रसाद अमात्य हो । सफ्ट रक, पप सङ्गीत र रक सङ्गीतमा गीत बनाउने गरेका अमात्यको करिब डेढ दर्जन गीत बाहिर आएका छन् ।तर उनको चर्चा भने हजारौँ गीतसङ्गीत ल्याउनेको भन्दा बढी छ । उनका जति गीत सार्वजनिक भएका छन् ती सबै हिट छन् । सन् १९९० मा ‘जब सन्ध्या हुन्छ’ गीतको बोलबाट गायन प्रारम्भ गरेका योगेश्वरका १९९८ मा ‘करैकरले’ र १९९८ ‘द्रव्यको आशा’ नामका दुई एल्बम आएका थिए