कांग्रेस अधिवेशन : विवाद रहेका ८ जिल्लामा जुट्यो सहमति, काठमाडौंको नतिजामा ढिलाइ

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आइतबार थप ५ जिल्लामा स्थानीय तहको अधिवेशन सुरु भएको छ।काठमाडौं जिल्लामा भएको वडा अधिवेशनको अन्तिम मत परिणाम भने आइसकेको छैन।केन्द्रीय निर्वाचन समितिका अनुसार क्रियाशील विवाद सकिएका ६४ जिल्लामध्ये शनिबार ५४ र आइतबार ५ गरि ५९ जिल्लामा नगरपालिका र गाउँपालिका स्तरीय अधिवेशन सुरु भएको हो।तीमध्ये कतिपय ठाँउमा सहमतिमै नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा निर्वाचन भएको छ।निर्वाचन समिति सदस्य एगराज पोखरेलले क्रियाशील विवाद सकिएका ६४ जिल्लामा मंगलब

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : प्रदेश-२ मा मतदान सुरु

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु भएको छ । बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।  प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । विवादका क्रममा कुटाकुटसमेत भए पछि मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जन...

प्रदेश २ को कांग्रेस अधिवेशन उद्घाटनसत्रमै सीमित

जनकपुरधाम– प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा परेको छ। समयमै उद्घाटन सत्र सुरु भए पनि मतदाता नामावली अझैसम्म प्राप्त हुन नसकेपछि अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ। प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दा पनि सबै जिल्लाबाट मतदाता नामावली आउन नसकेपछि मनोनयन दर्तासमेत हुन सकेको छैन। प्रदेश २ का कयौँ जिल्लामा विवाद […]

महोत्तरीमा कांग्रेस अधिवेशन : विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सर्वसम्मतिमा टुंगिन नसकेपछि क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने भएको हो । क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा टुंगिएको छ भने क्षेत्र नम्बर २ मा सहमति भइसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको […]

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो । पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिनुभएको थियो । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेले पनि विवाद मिलाउन खोज्दा आफूमाथि […]

बाँकेको कांग्रेस अधिवेशन दशैंपछि

बाँकेमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद किनारा लागेपनि अधिवेशन कहिले हुन्छ भन्ने कौतुहलता आम कार्यकर्तामा छ । कांग्रेसले आफ्नो वेबसाइटमा क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ । तर, अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा मेटिएको छैन ।

कांग्रेस अधिवेशन : आज ६४ जिल्लाका पालिकामा हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ […]