सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारियो

काठमाण्डाै - बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई फेरि आईसीयूमा सारेर उपचार थालिएको छ । स्वास्थ्यमा सुधार आएपछि हिजो उहाँलाई आईसीयूबाट डिलक्स क्याबिनमा सारिएको थियो । तर फेरि समस्या देखिएपछि उहाँलाई बिहानदेखि आईसीयूमा सारिएको किष्ट मेडिकल कलेजले जनाएको छ। अस्पतालकाअनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर उपचार थालिएको हो । अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले जोशीलाई निमोनिया सङ्क्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याका लागि दिइएको एन्टिबायोटिक्स् दिइरहनु...

सम्बन्धित सामग्री

‘लोकसंस्कृति’ पत्रिकाले ल्यायो सत्यमोहन जोशी विशेषांक

२०७८ सालसम्म २० औं अंक प्रकाशित ‘लोक संस्कृति’ पत्रिकाको २१ औं अंक वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषांकका रुपमा प्रकाशित भयो। वैशाख ३० गते वाङ्गमय शताब्दी पुरुष १०४ औं जन्म जयन्तीका अवसरमा गत शुक्रबार नेपाल म्युजिक सेन्टर पिङ्गलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटर हलमा उक्त विशेषांक विमोचन गरियो। यस कार्यक्रम नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीका अध्यक्ष […]

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएको उनलाई बिहीबार किष्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि...

“सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय”

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको “सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय” को उद्घाटन गरिएको छ। लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त भवनको आज उद्घाटन गरिएको हो। उपभोक्ता समितिमार्फत दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो। उक्त भवनको पहिलो तलामा भान्सासहित संस्कृतिविद् सत्यमोहन जोशीको सुत्ने कोठा बनाइएको […]

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको छातीमा निमोनिया देखिएको थियो […]

सत्यमोहन जोशी अस्पताल भर्ना

शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । जोशीको शरीरमा अक्सिजन कमी भएपछि उनलाई सोमबार नै किस्ट मेडिकल कलेजमा भर्ना गरिएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिए । जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

ढुङ्गेधारा अवलोकन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी

भक्तपुर, २८ पुस । मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । साथमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरः रमेश गिरी÷रासस

मृत्युपछि शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्।

सत्यमोहन जोशी अस्वस्थ

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ । हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार भइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।