लालबन्दी नगरपालिकाको मेयरमा काँग्रेसको अग्रता

सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार बासुदेव अधिकारीले अग्रता लिएका छन् । वडा नम्बर १, २, ३ र ४ का गरी ६ हजार २४१ मत गणना हुँदा अधिकारीले २ हजार १२० मत पाएका हुन् । मेयरमा नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकीले एक हजार ५४३ र नेकपा एमालेका गोविन्दबहादुर महतले एक हजार ५११ मत पाएका छन् ।मेयरमै लोसपा नेपालका सुनिलकुमार साहले १८० र जसपा नेपालका पञ्चराम लो तामाङले ७२ मत पाएका छन् । यस्तै, राप्रपाका उमेश खड्काले ६७ मत पाएका छन् ।

सम्बन्धित सामग्री

सर्लाहीमा ट्रकको ठक्करबाट काका भतिजको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेका छन् । लालबन्दी नगरपालिका– ६ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा महोतरी गौसलाका काका भतिजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ …

दुई सवारी जुध्दा सर्लाहीमा एक युवकको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजस्थित भित्री सडकमा एक बोलेरोसँग मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

लागू औषधसहित सर्लाहीमा एक युवक पक्राउ

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ४ का १८ वर्षीय अनिश कुशवार रहेको प्रहरीले जनाएको छ।...

लालबन्दीमा ऐलानी जग्गाको नापजाँच थालियो

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ऐलानी जग्गाको नापजाँच थालेको छ । लालबन्दी नगरपालिकाका विभिन्न ठाउँमा रहेका ऐलानी जग्गाको नापजाँच सुरु गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष एवं लालबन्दी नगरका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिए । नगर प्रमुख वासुदेव अधिकारीलगायत जनप्रतिनिधि र नगर पालिकाका कर्मचारीका साथै सम्बन्धित कार्यालयका कर्मचारीको उपस्थितिमा लालबन्दी नगरपालिका–१० बाट ऐलानी जग्गाको नापजाँचको […]

सर्लाहीको लालबन्दीमा मामालाई मार्ने भान्जा पक्राउ

सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो।...

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

सर्लाही– सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–५, का सूर्यदीप चौधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का सोमबहादुर रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । ७ माघमा लालबन्दी नगरपालिका–५, का ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । प्रदेश २–०३–००१ प […]

सर्लाहीमा चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ

सर्लाहीकाे लालबन्दीबाट प्रहरीले चाेरीका  माेटरसाइकलसहित तीन जनालाई पक्राउ गरेकाे छ ।लालबन्दी नगरपालिका-५, का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथाेकीले जानकारी दिए ।७ माघमा लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे । प्रदेश २-०३-००१ प १०१९ नम्बरकाे माेटरसाइकलसहित तीन जना पक्राउ परेका हुन् ।

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने पुल निर्माण अलपत्र

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिक

लालबन्दी नगरपालिकाले बनाएको ड्याम बाढीले बगायो

सर्लाही : लालबन्दी नगरपालिकाले बनाएको ड्याम लखन्देही खोलामा आएको बाढीले बगाएको छ।लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वन क्षेत्रमा बाढीको कटान रोक्न केही दिनअघि बनाएको एक सय ८० मिटर ड्याम हिजो राति आएको बाढीले बगाएको हो।असारको अन्तिम साता आएको बाढीले वनको झण्डै ३ हेक्टर क्षेत्र कटान गरेको थियो। बाढीले वनमा लगाइएको झण्डै ७ हजार बिरुवा पनि बगाएको छ। उक्त वन क्षेत्रको कटान रोक्नका लागि केही दिनअघि मात्र नगरपालिकाले करिव दुई सय ८० मिटरको दुईवटा ड्याम निर्माण गरेको थियो।ड्याम पू