लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्‍याएको पुल अलपत्र

लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पुर्‍याएको डेढ महिना पुगे पनि पुल पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन्।

सम्बन्धित सामग्री

निर्माणाधीन पुल अलपत्र

सर्लाही । डेढ महीनाअघि बाढीले क्षति पुर्‍याएको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अघि बढ्न सकेको छैन । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महीना पुगिसकेको छ तर पनि पुल पुनर्निर्माणको काम अलपत्र रहेको छ ।    पुल ढलान भएको २ सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनर्निर्माणको काम डेढ महीना भइसक्दा पनि अघि बढ्न सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनर्निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताए ।    सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुल समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताए ।    पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार तथा किनमेल गर्न लालबन्दी आउने स्थानीय बासिन्दालाई समस्या परेको छ ।

बाढीले भत्काएको फुलजोर खोलाको पुल अलपत्र

सर्लाही : डेढ महिनाअघि बाढीले क्षति पुर्‍याएको फुलजोर खोलाको पुल निर्माण कार्य अलपत्र परेको छ। गत असार १५ गते बाढीले सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने निर्माणाधीन पुलमा क्षति पुर्‍याएको थियो। त्यसपछि पुल निर्माणको काम अघि बढ्न सकेको छैन्।पुल ढलान भएको दुई सातामै बाढी आएर क्षति पुर्‍याएको थियो। ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले बेलैमा काम नगरेरका कारण बाढीले पुलमा क्षति गरेको बताए।‘मैले त