लालबन्दी नगरपालिकाले बनाएको ड्याम बाढीले बगायो

सर्लाही : लालबन्दी नगरपालिकाले बनाएको ड्याम लखन्देही खोलामा आएको बाढीले बगाएको छ।लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वन क्षेत्रमा बाढीको कटान रोक्न केही दिनअघि बनाएको एक सय ८० मिटर ड्याम हिजो राति आएको बाढीले बगाएको हो।असारको अन्तिम साता आएको बाढीले वनको झण्डै ३ हेक्टर क्षेत्र कटान गरेको थियो। बाढीले वनमा लगाइएको झण्डै ७ हजार बिरुवा पनि बगाएको छ। उक्त वन क्षेत्रको कटान रोक्नका लागि केही दिनअघि मात्र नगरपालिकाले करिव दुई सय ८० मिटरको दुईवटा ड्याम निर्माण गरेको थियो।ड्याम पू