काठमाडौँ, २६ साउन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज माइतीघरदेखि सुरु भएको युवा पदयात्रा कार्यक्रममा सहभागी हुँदै उनले सरकारले युवा नीतिलाई परिमार्जन गर्ने बताए । “राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको छ”, उनले भने । […]